नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीन र अमेरिकाको बधाई

नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीन र अमेरिकाको बधाई : Icon Khabar

काठमाडौं, फागुन ३० । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा पौडेललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन् ।

राजदूत सोङले राष्ट्रपति पौडेलको नेतृत्वमा चीन–नेपाल मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा नियुक्त हुनुभएकोमा रामचन्द्र पौडेललाई अमेरिकाले बधाई दिएको छ ।

‘नेपालका नवनिर्वाचित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन चाहन्छौं,’ काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “संयुक्त राज्य अमेरिकाले उनको सफल कार्यकालको कामना गर्दछ।”

यसअघि भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले राष्ट्रपति पौडेललाई बधाई दिएका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका हुन् । पौडेल गत चैत २१ गते संघीय संसद र प्रदेशसभा सदस्यसहितको मतदाताको बहुमतबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक