नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीन र अमेरिकाको बधाई

नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीन र अमेरिकाको बधाई : Icon Khabar

काठमाडौं, फागुन ३० । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा पौडेललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन् ।

राजदूत सोङले राष्ट्रपति पौडेलको नेतृत्वमा चीन–नेपाल मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा नियुक्त हुनुभएकोमा रामचन्द्र पौडेललाई अमेरिकाले बधाई दिएको छ ।

‘नेपालका नवनिर्वाचित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन चाहन्छौं,’ काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “संयुक्त राज्य अमेरिकाले उनको सफल कार्यकालको कामना गर्दछ।”

यसअघि भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले राष्ट्रपति पौडेललाई बधाई दिएका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका हुन् । पौडेल गत चैत २१ गते संघीय संसद र प्रदेशसभा सदस्यसहितको मतदाताको बहुमतबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास