स्ववियु निर्वाचनको प्रचारप्रसार सुरु

स्ववियु निर्वाचनको प्रचारप्रसार सुरु : Icon Khabar

काठमाडौं, फागुन ३० । त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ ।

हिजो अन्तिम नामावली सार्वजनिक भएसँगै उम्मेदवारहरुले अब चुनावी प्रचारप्रसार गर्न सक्नेछन् । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार आजदेखि चैत २ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनको आचारसंहितामा कुनै पनि पोस्टर वा कुनै किसिमको पोस्टर नराख्ने उल्लेख छ । प्रचारका लागि राख्न सकिन्छ ।

त्यस्तै आचारसंहितामा निर्वाचनसँग सम्बन्धित कुनै पनि औजार, फ्लेक्स र कुनै किसिमको पोस्टर टाँस्न नपाइने उल्लेख छ । कतिपय क्याम्पसमा भर्ना विवादका कारण स्ववियुको निर्वाचन ठप्प भएको छ । भर्ना विवाद समाधान गरी निर्वाचन प्रक्रिया सुरु गर्न सम्बन्धित क्याम्पसका प्रमुखलाई निर्देशन दिएको अधिकारीले बताए ।

स्ववियुका अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि चैत ५ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुने भएको छ ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक