गायिका फाल्गुणी पाठकले केटा झैँ देखिने खालका पहिरन लगाउन र हेयर स्टाइल किन राख्छिन् ?

गायिका फाल्गुणी पाठकले केटा झैँ देखिने खालका पहिरन लगाउन र हेयर स्टाइल किन राख्छिन् ? : Icon Khabar

मुम्बई, फागुन ३० । भारतकी प्रख्यात गायिका फाल्गुणी पाठक गुजराती परिवारकी सदस्य भए पनि उनको पालन-पोषण भने मुम्बईमा भएको हो ।

फाल्गुणी परिवारकी पाँचौँ सन्तान हुन् । फाल्गुणीका अभिभावकले चार जना छोरीपछि आफ्नो पाँचौं सन्तान छोरा हुन्छ भन्ने अपेक्षा गरेका थिए । तर पाँचौँ सन्तानको रुपमा पनि छोरी कै जन्म भयो ।

यहि कारणले गर्दा फाल्गुणीले आफूलाई कहिले पनि केटी मान्छे झैँ बन्न दिइनन् । उनी सधैँ केटा झैँ देखिने खालका पहिरन लगाउन र हेयर स्टाइल राख्न मन पराउँछिन् । फाल्गुणी कहिले पनि छोरी मान्छे जस्तो भइनन्, उनी सधैँ पुरुष जस्तै भइन् ।

केटाको जस्तै लगाइ–खबाई गर्ने फाल्गुणी अहिलेसम्म अविवाहित छिन् । फाल्गुणीले १० वर्षको कलिलो उमेरमा आफ्नो पहिलो गीत अल्का याज्ञिकसंग रेकर्ड गराएकी थिइन् । सन् ९० को दशकमा फाल्गुणीको गीत हरेकको मुखमा झुण्डिएको थिया । विवाहदेखि अन्य अवसरमा सबैतिर फाल्गुणीको गीत नै बज्ने गर्थ्यो ।

सन् १९८७ मा फाल्गुणीले डान्डिया नाइट्समा गीत गाउन थालिन् । फाल्गुणी केवल गायिका मात्र नभएर लाइभ परफर्मर र म्यूजिक कम्पोजर पनि हुन् । उनको संगीत गुजरातको पारम्परिक संगीतमा आधारित हुन्छ, त्यसैबाट प्रेरित हुन्छ । उनको पहिलो एल्बम १९९८ मा रिलिज भएको थियो । यहिसंगै उनले विभिन्न बलिउड गीत पनि रेकर्ड गराएकी छिन् ।

फाल्गुणीले १९९४ मा ‘ता थैया’ नामक ब्याण्ड बनाएकी थिइन् । यहि ब्याण्डसहित उनले विभिन्न देशमा आफ्नो प्रस्तुति पनि दिएकी छिन् । फाल्गुणीको पहिलो एल्बम सन् १९९८ मा रिलिज भएको थियो र यसका लागि उनले पाँच वर्ष कडा मेहिनत गरेकी थिइन् ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक