राष्ट्रपतिमा निर्वाचित पौडेलद्वारा आफ्नो सपथ ग्रहणमा आफूसँगै जेल जीवन बिताएका सबैलाई निमन्त्रणा

राष्ट्रपतिमा निर्वाचित पौडेलद्वारा आफ्नो सपथ ग्रहणमा आफूसँगै जेल जीवन बिताएका सबैलाई निमन्त्रणा : Icon Khabar

काठमाडौं, फागुन २९ । राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले आफ्नो सपथ ग्रहण समारोहमा आफूसँगै जीवनभर जेल जीवन बिताएका सबैलाई निमन्त्रणा गरेका छन् ।

उनले सोमबार (आज) दिउँसो १ बजे राष्ट्रपति निवास शितल निवासमा हुने सपथ ग्रहण समारोहमा पञ्चायती व्यवस्था अन्तर्गत जेल परेका बेला आफूसँगै रहेका व्यक्तिहरुलाई अतिथिका रुपमा बोलाएका हुन् ।

नवनिर्वाचित राष्ट्रपतिलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ खुवाउनेछन् । समारोहमा इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई आमन्त्रण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

‘राष्ट्रपति पौडेलसँगै जेलमा रहेका इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा थिए,’ उहाँका एक सहयोगीले भने, ‘हामीले सपथ ग्रहण समारोहमा निम्तो दिएका छौं ।

‘बाग्लुङ कारागार पौडेलमा दूध पुर्‍याउने दिलप्रसाद सापकोटालाई पनि बोलाइएको छ ।

Published Date: 13 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक