राष्ट्रपतिमा निर्वाचित पौडेलद्वारा आफ्नो सपथ ग्रहणमा आफूसँगै जेल जीवन बिताएका सबैलाई निमन्त्रणा

राष्ट्रपतिमा निर्वाचित पौडेलद्वारा आफ्नो सपथ ग्रहणमा आफूसँगै जेल जीवन बिताएका सबैलाई निमन्त्रणा : Icon Khabar

काठमाडौं, फागुन २९ । राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले आफ्नो सपथ ग्रहण समारोहमा आफूसँगै जीवनभर जेल जीवन बिताएका सबैलाई निमन्त्रणा गरेका छन् ।

उनले सोमबार (आज) दिउँसो १ बजे राष्ट्रपति निवास शितल निवासमा हुने सपथ ग्रहण समारोहमा पञ्चायती व्यवस्था अन्तर्गत जेल परेका बेला आफूसँगै रहेका व्यक्तिहरुलाई अतिथिका रुपमा बोलाएका हुन् ।

नवनिर्वाचित राष्ट्रपतिलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ खुवाउनेछन् । समारोहमा इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई आमन्त्रण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

‘राष्ट्रपति पौडेलसँगै जेलमा रहेका इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा थिए,’ उहाँका एक सहयोगीले भने, ‘हामीले सपथ ग्रहण समारोहमा निम्तो दिएका छौं ।

‘बाग्लुङ कारागार पौडेलमा दूध पुर्‍याउने दिलप्रसाद सापकोटालाई पनि बोलाइएको छ ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास