उपराष्ट्रपति पदका उम्मेदवार यादवले प्रधानमन्त्री दाहाललाई भेटेर भोट मागे

उपराष्ट्रपति पदका उम्मेदवार यादवले प्रधानमन्त्री दाहाललाई भेटेर भोट मागे : Icon Khabar

काठमाडौं, फागुन २९ । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदका दुई उम्मेदवारमध्येका एक रामसहयप्रसाद यादवले आफ्नो लागि भोट खोज्न शीर्ष नेताहरूसँग भेटघाटलाई तीब्र बनाएका छन् ।

जसपा संसदीय दलका नेता समेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए । उनले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर भोट मागेका हुन् ।

त्यसअघि उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए ।

सत्तारुढ गठबन्धनबाट जसपाका रामसहयप्रसाद यादव र प्रमिलाकुमारी यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारि दिएकी छिन्।

Published Date: 13 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक