उपराष्ट्रपति पदका उम्मेदवार यादवले प्रधानमन्त्री दाहाललाई भेटेर भोट मागे

उपराष्ट्रपति पदका उम्मेदवार यादवले प्रधानमन्त्री दाहाललाई भेटेर भोट मागे : Icon Khabar

काठमाडौं, फागुन २९ । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदका दुई उम्मेदवारमध्येका एक रामसहयप्रसाद यादवले आफ्नो लागि भोट खोज्न शीर्ष नेताहरूसँग भेटघाटलाई तीब्र बनाएका छन् ।

जसपा संसदीय दलका नेता समेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए । उनले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर भोट मागेका हुन् ।

त्यसअघि उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए ।

सत्तारुढ गठबन्धनबाट जसपाका रामसहयप्रसाद यादव र प्रमिलाकुमारी यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारि दिएकी छिन्।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास