आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन २९ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला १ लाख ३ हजारमा बिक्री भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा बिक्री भएको थियो ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास