आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन २९ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला १ लाख ३ हजारमा बिक्री भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा बिक्री भएको थियो ।

Published Date: 13 March 2023


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक