राफिन्हाको गोलमा बार्सिलोनाको जित

राफिन्हाको गोलमा बार्सिलोनाको जित : Icon Khabar

काठमाठौं, फागुन २९ । एजेन्सी – ब्राजिली फरवार्ड राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ।बार्सिलोनाले घरेलु टोली एथलेटिको बिल्वाओमाथि १–० को झिनो जित निकालेको हो ।

सान मेमेस बिल्वाओमा आइतबार राति भएको खेलको पहिलो हाफमै राफिन्हाले गरेको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बनेको हो ।

उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको प्रहारलाई बिल्वाओका गोलरक्षकले बचाए ।

३२औं मिनेटमा इनाकी विलियम्सको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए । लगत्त ३३औं मिनेटमा बेरेनगुएरको कर्नरमा राहुल गार्सियाको डाइभिङ हेडर क्रसबारमा लागेर फर्कदा बिल्वाओ अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । राफिन्हाले यो सिजन ला लिगामा ६ गोलसँगै ४ असिस्ट प्रदान गरिसकेका छन् ।

७२औं मिनेटमा इनाकीको प्रहार पोस्टमा लाग्दै फर्कदा बिल्वाओ बराबरीबाट चुक्यो । ७९औं मिनेटमा मुनिएनको प्रहारमा पनि टेर स्टेगन बाधक बने ।

८७औं मिनेटमा इनाकी विलियम्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बिल्वाओ बराबरीबाट चुक्यो । उक्त गोलको मुभमा मुनिएनले ह्यान्ड भएको भन्दै भिएआरले गोलको मान्यता नदिदा बार्सिलोनाले जित निकाल्दै ३ अंक बटुल्न सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इनाकीको प्रहारलाई गोललाइनबाट बचाए । रिवाउन्डमा गुरुजेटाको प्रहारमा टेर स्टेगन बाधक बने ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई पुनः ९ अंकले पछि पारेको छ । बार्सिलोनाको २५ खेलबाट ६५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको रियलको ५६ अंक छ । पराजित बिल्वाओ ३३ अंक जोडेर नवौं स्थानमा छ ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास