लिग–२ : नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै

लिग–२ : नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै : Icon Khabar

काठमाठौं, फागुन २९ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपाल चौथो स्थानमा रहँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ।

नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ । दुई मध्य एक खेल पराजित भएमा भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । त्यसैले नेपाल दुवै खेल जित्दै सोझै विश्वकप छनोट खेल्न चाहन्छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2023
Website | + posts