मेयर कप तेक्वान्दो प्रतियोगितामा काटेश्वर टिम च्याम्पियन

मेयर कप तेक्वान्दो प्रतियोगितामा काटेश्वर टिम च्याम्पियन : Icon Khabar

काठमाठौं, फागुन २८ । कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । कोटेश्वर ५ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियन बनेको हो ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा मूलपानी तेक्वान्दो डोजाङ दोश्रो भयो । मूलपानीले ५ स्वर्ण र १ रजत हात गर्यो । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण र ३ रजत प्राप्त गर्यो ।

जोरपाटीस्थित इस्टपोलमा भएको प्रतियोगिताको पुरुषमा मूलपानीका आयुश ढुंगेल तथा महिलामा काटेश्वरकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत आयोजकले सम्मान गरेको थियो । दुईदिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास