मेयर कप तेक्वान्दो प्रतियोगितामा काटेश्वर टिम च्याम्पियन

मेयर कप तेक्वान्दो प्रतियोगितामा काटेश्वर टिम च्याम्पियन : Icon Khabar

काठमाठौं, फागुन २८ । कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । कोटेश्वर ५ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियन बनेको हो ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा मूलपानी तेक्वान्दो डोजाङ दोश्रो भयो । मूलपानीले ५ स्वर्ण र १ रजत हात गर्यो । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण र ३ रजत प्राप्त गर्यो ।

जोरपाटीस्थित इस्टपोलमा भएको प्रतियोगिताको पुरुषमा मूलपानीका आयुश ढुंगेल तथा महिलामा काटेश्वरकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत आयोजकले सम्मान गरेको थियो । दुईदिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Published Date: 12 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक