भक्तपुर नपाद्वारा खेलाडीहरुलाई मार्गनिर्देशन तथा खेल सामाग्री वितरण

भक्तपुर नपाद्वारा खेलाडीहरुलाई मार्गनिर्देशन तथा खेल सामाग्री वितरण : Icon Khabar

भक्तपुर, फागुन २८ । भक्तपुर नगरपालिकाले अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मार्गनिर्देशन तथा खेल सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश हेटौडामा मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा २०७९ फागुन ३० गतेदेखि चैत्र ४ गतेसम्म हुने अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट सहभागी खेलाडीहरुलाई उक्त कार्यक्रम आइतबार भनपा सभाकक्षमा भएको थियो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई नपाको लोगो अंकित ट्रयाक सुट वितरण गरेका थिए । उक्त प्रतियोगिताअन्तर्गत पुरुषतर्फका खेलाडीहरु विकल भोयद्यो, सक्षम भुजेल, सफल मगर र प्रवेश बस्नेत र महिला खेलाडीतर्फ भावना भण्डारी सहभागी हुँदैछन् ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास