भक्तपुर नपाद्वारा खेलाडीहरुलाई मार्गनिर्देशन तथा खेल सामाग्री वितरण

भक्तपुर नपाद्वारा खेलाडीहरुलाई मार्गनिर्देशन तथा खेल सामाग्री वितरण : Icon Khabar

भक्तपुर, फागुन २८ । भक्तपुर नगरपालिकाले अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मार्गनिर्देशन तथा खेल सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश हेटौडामा मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा २०७९ फागुन ३० गतेदेखि चैत्र ४ गतेसम्म हुने अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट सहभागी खेलाडीहरुलाई उक्त कार्यक्रम आइतबार भनपा सभाकक्षमा भएको थियो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई नपाको लोगो अंकित ट्रयाक सुट वितरण गरेका थिए । उक्त प्रतियोगिताअन्तर्गत पुरुषतर्फका खेलाडीहरु विकल भोयद्यो, सक्षम भुजेल, सफल मगर र प्रवेश बस्नेत र महिला खेलाडीतर्फ भावना भण्डारी सहभागी हुँदैछन् ।

Published Date: 12 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक