सामाजिक सुरक्षा कोषद्वारा ३० अर्बभन्दा बढीको कोष संकलन

सामाजिक सुरक्षा कोषद्वारा  ३० अर्बभन्दा बढीको कोष संकलन : Icon Khabar

काठमाठौं, फागुन २८ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत रु ३० अर्ब ५३ करोड सङ्कलन गरेको छ ।

सामाजिक सुरक्षा कोषमा जम्मा १७ हजार ७०९ कम्पनी तथा संस्था दर्ता भएका छन् । तीमध्ये ३ लाख ९७ हजार ९२८ कर्मचारीले योजनामा ​​योगदान पुर्याएका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार सबैभन्दा बढी योगदानकर्ता वाग्मती प्रदेशका छन् । प्रदेशमा सञ्चालित १२ हजार २ सय ३२ संस्थाका कुल तीन लाख ५ हजार ९ सय ९३ कर्मचारी कोषमा आवद्ध छन् ।

त्यसैगरी कोशी प्रदेशबाट ३८ हजार ७३६, मधेश प्रदेशबाट २१ हजार २२२ कर्मचारी, गण्डकी प्रदेशबाट १५ हजार १ सय ७० योगदानकर्ता, लुम्बिनी प्रदेशबाट १४ हजार ६७ योगदानकर्ता, कर्णाली प्रदेशबाट १ हजार २ सय १६ योगदानकर्ता र सामाजिक सुरक्षा योजनामा ​​१ हजार ५२४ सुदूरपश्चिम प्रदेशबाट योगदानकर्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2023
Website | + posts