सञ्चारमन्त्री शर्मासँग भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सञ्चारमन्त्री शर्मासँग भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता : Icon Khabar

काठमाठौं, फागुन २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रि शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदान प्रदानका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको राजदूतमार्फत ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराए ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको पनि सहभागिता रहेको थियो ।

Published Date: 12 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता