सञ्चारमन्त्री शर्मासँग भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सञ्चारमन्त्री शर्मासँग भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता : Icon Khabar

काठमाठौं, फागुन २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रि शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदान प्रदानका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको राजदूतमार्फत ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराए ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको पनि सहभागिता रहेको थियो ।

Published Date: 12 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक