टेबलटेनिस प्रतियोगिताको फाइनलमा विनेश र संयोग फाइनलमा

टेबलटेनिस प्रतियोगिताको फाइनलमा विनेश र संयोग फाइनलमा : Icon Khabar

काठमाडौं, फागुन २८ । नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, ११–४ र ११–४ को सेटमा पराजित गरे ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र रविना महर्जन उपाधिका लागि भिड्ने छन् । प्रहरीकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ११–५, ११–७, ११–३ र ११–३ तथा सौभाग्य ज्वेलर्सकी रविनाले प्रहरीकी मन्जु सुवाललाई ११–९, ११–७, ५–११, ११–७ र ११–७ को सेटमा हराइन् ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखाका चन्दन पहिलो भए । उनले फाइनलमा गोड स्पिन टेबलटेनिस क्लबका मुकेश महर्जनलाई ११–६, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । गोड स्पिनका राजिप महर्जन र खोल्चापुकुका सुशिल वज्राचार्य तेश्रो भए ।

व्हीलचेयरको पुरुष सिंगल्समा अर्पण चुनाराले फाइनलमा बरुण मगरलाई सीधा सेटमा ११–८, ११–३ र ११–५ ले पाखा लगाउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा लाली तामाङले शीर्ष स्थान हात पारिन् । लालीले पेमा छोक्पालाई ११–५, ११–८ र ११–८ को सोझो सेटमा पन्छाइन् ।

स्टेन्डिङको पुरुष सिंगल्समा विवेक राईले शिव थापालाई ११–२, ११–४ र ११–५ ले पराजित गर्दै पहिलो भए । सोही स्पर्धाको महिलामा पूजा सोतीले फाइनलमा अनु थापालाई ११–७, ११–५ र ११–९ ले हराउदै पहिलो स्थानमा रहिन् ।
पुरुष खुला टिम इभेन्टमा प्रहरीले फाइनलमा एभीएमलाई ३–० ले पाखा लगाउदै पहिलो बन्यो । कान्तिपुर भ्याली पिङपोङ क्लब र एपीएफ क्लब तेश्रो बने । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Published Date: 12 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक