टेबलटेनिस प्रतियोगिताको फाइनलमा विनेश र संयोग फाइनलमा

टेबलटेनिस प्रतियोगिताको फाइनलमा विनेश र संयोग फाइनलमा : Icon Khabar

काठमाडौं, फागुन २८ । नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, ११–४ र ११–४ को सेटमा पराजित गरे ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र रविना महर्जन उपाधिका लागि भिड्ने छन् । प्रहरीकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ११–५, ११–७, ११–३ र ११–३ तथा सौभाग्य ज्वेलर्सकी रविनाले प्रहरीकी मन्जु सुवाललाई ११–९, ११–७, ५–११, ११–७ र ११–७ को सेटमा हराइन् ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखाका चन्दन पहिलो भए । उनले फाइनलमा गोड स्पिन टेबलटेनिस क्लबका मुकेश महर्जनलाई ११–६, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । गोड स्पिनका राजिप महर्जन र खोल्चापुकुका सुशिल वज्राचार्य तेश्रो भए ।

व्हीलचेयरको पुरुष सिंगल्समा अर्पण चुनाराले फाइनलमा बरुण मगरलाई सीधा सेटमा ११–८, ११–३ र ११–५ ले पाखा लगाउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा लाली तामाङले शीर्ष स्थान हात पारिन् । लालीले पेमा छोक्पालाई ११–५, ११–८ र ११–८ को सोझो सेटमा पन्छाइन् ।

स्टेन्डिङको पुरुष सिंगल्समा विवेक राईले शिव थापालाई ११–२, ११–४ र ११–५ ले पराजित गर्दै पहिलो भए । सोही स्पर्धाको महिलामा पूजा सोतीले फाइनलमा अनु थापालाई ११–७, ११–५ र ११–९ ले हराउदै पहिलो स्थानमा रहिन् ।
पुरुष खुला टिम इभेन्टमा प्रहरीले फाइनलमा एभीएमलाई ३–० ले पाखा लगाउदै पहिलो बन्यो । कान्तिपुर भ्याली पिङपोङ क्लब र एपीएफ क्लब तेश्रो बने । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास