आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट : Icon Khabar

काठमाडौं, फागुन २८ । आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास