प्रधानमन्त्री दाहाल विरुद्ध परेको निवेदनमाथिको प्रारम्भिक बहस सकियो

प्रधानमन्त्री दाहाल विरुद्ध परेको निवेदनमाथिको प्रारम्भिक बहस सकियो : Icon Khabar

काठमाडौं, फागुन २६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको निवेदनमाथिको प्रारम्भिक बहस सकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाससमक्ष बहस भएको थियो । रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल, ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए ।

छलफलका क्रममा उनीहरुले दाहालले व्यक्तिगत रुपमा ५ हजार हत्याको जिम्मेवारी लिएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश दिन माग गरेका थिए । प्रारम्भिक बहसपछि न्यायाधीश खतिवडाको इजलासले आजै आवश्यक आदेश दिने तयारी गरिरहेको बताइएको छ ।

Published Date: 10 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक