प्रधानमन्त्री दाहाल विरुद्ध परेको निवेदनमाथिको प्रारम्भिक बहस सकियो

प्रधानमन्त्री दाहाल विरुद्ध परेको निवेदनमाथिको प्रारम्भिक बहस सकियो : Icon Khabar

काठमाडौं, फागुन २६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको निवेदनमाथिको प्रारम्भिक बहस सकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाससमक्ष बहस भएको थियो । रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल, ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए ।

छलफलका क्रममा उनीहरुले दाहालले व्यक्तिगत रुपमा ५ हजार हत्याको जिम्मेवारी लिएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश दिन माग गरेका थिए । प्रारम्भिक बहसपछि न्यायाधीश खतिवडाको इजलासले आजै आवश्यक आदेश दिने तयारी गरिरहेको बताइएको छ ।

Published Date: 10 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास