जावलाखेलको लगातार दोस्रो जित

जावलाखेलको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौं, फागुन २५ । जावलाखेल युथ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई २-१ गोल अन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जितको यात्रा कायम राखेको हो ।

जावलाखेलको जितमा खेलको ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए त्यसै खेलको ७७ औं मिनेटमा फोफानाले गोल गर्दा जावलाखेल २-० ले अघि रहेको थियो ।

त्यसपछि खेलको ८० औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका एनआरटीका सन्जिबले गोल गरेपनि जावलाखेल २-१ ले विजयी भयो ।

जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

 त्यसैगरि  च्यासल मैदानमा भएको लिग को अर्को खेलमा त्रिभुवन आर्मी क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाइ २-० गोल अन्तरले हराउँदै जित निकालेको छ। आर्मीका लागि दिपक गुरुङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

जितसँगै आर्मीले २ खेलमा ४ अंक जोड्दै चौंथो स्थानमा उक्लिएको छ ।

Published Date: 09 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास