जावलाखेलको लगातार दोस्रो जित

जावलाखेलको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौं, फागुन २५ । जावलाखेल युथ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई २-१ गोल अन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जितको यात्रा कायम राखेको हो ।

जावलाखेलको जितमा खेलको ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए त्यसै खेलको ७७ औं मिनेटमा फोफानाले गोल गर्दा जावलाखेल २-० ले अघि रहेको थियो ।

त्यसपछि खेलको ८० औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका एनआरटीका सन्जिबले गोल गरेपनि जावलाखेल २-१ ले विजयी भयो ।

जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

 त्यसैगरि  च्यासल मैदानमा भएको लिग को अर्को खेलमा त्रिभुवन आर्मी क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाइ २-० गोल अन्तरले हराउँदै जित निकालेको छ। आर्मीका लागि दिपक गुरुङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

जितसँगै आर्मीले २ खेलमा ४ अंक जोड्दै चौंथो स्थानमा उक्लिएको छ ।

Published Date: 09 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक