भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न

३ वटा कार्यविधि, ३ वटा निर्देशिका र २ वटा विनियम पारित

भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २५ । भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा बिहीबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौं नगरसभाको आज बसेको बैठकले भक्तपुर नगरपालिका घर–जग्गा बहाल व्यवस्था निर्देशिका, २०७९ र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूलाई दिइने पोशाक सुविधासम्बन्धी निर्देशिका २०७९ सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले कडा रोग लागेका नगरबासीहरुलाई स्वास्थ्य उपचार अनुदान दिनेसम्बन्धी निर्देशिका २०७५, भनपाको काठ, ईटा, झिंगटी खरिद अनुदानसम्बन्धी कार्यविधि, २०७५, भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५, भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी ऐन २०७७ र भक्तपुर नगरपालिकाको शिक्षा ऐन, २०७४ संशोधन प्रस्ताव पनि पारित गरेको छ ।

आज पारित विभिन्न निर्देशिकामाथि भएको छलफलमा सभासद्हरु नारायणप्रसाद त्वानाबासु, गोविन्द दुवाल, सिद्धिराम अवालले जिज्ञासा राख्नुभएको थियो भने निर्देशिकामाथि सभासद्हरुबाट प्राप्त जिज्ञासाबारे विधायन समितिका संयोजक हरिराम सुवालले प्रष्ट परेका थिए ।
२०७९ माघ २३ गतेबाट सुरु भएको भक्तपुर नपाको तेह्रौं नगरसभाले भक्तपुर नगरपालिका (नगर कार्यपालिका तथा समिति) को बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७९, भक्तपुर नगरपालिका, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका २०७९, भक्तपुर नपा, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९, भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको प्रस्तावित विनियम २०७९, भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि २०७९, भक्तपुर नगरपालिका सहकारी नियमावली २०७९, भक्तपुर नगरपालिका घर–जग्गा बहाल व्यवस्था निर्देशिका, २०७९, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूलाई दिइने पोशाक सुविधा सम्बन्धी निर्देशिका २०७९ गरी जम्मा ३ वटा कार्यविधि, ३ वटा निर्देशिका, १ वटा नियमावली र १ वटा विनियम पारित गरेको हो ।

नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष प्रजापतिले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, अतिथि, राजनैतिक तथा सामाजिक अगुवा, बुद्धिजीवी, मजदुर, उद्योगीका साथै नगरसभा अवधिभर सहयोग गर्ने जनप्रतिनिधि र कर्मचारीलगायतमा धन्यवादज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2023
Website | + posts