काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाडौं महानगरपालिका च्याम्पियन : Icon Khabar

काठमाडौं, फागुन २५ । काठमाडौं महानगरपालिका १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । काठमाडौं १७ स्वर्ण, ३ रजत र १४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको तार्केश्वर नगरपालिकाले ७ स्वर्ण, ११ रजत र ८ कांस्य हात पर्यो ।

विजेतालाई काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, आयोजक समितिका अध्यक्ष गणेशलाल कक्षपति, प्रमुख विनोद उप्रेती, सानुराजा केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुको प्रतिस्पर्धा भएको थियो ।

Published Date: 09 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक