राष्ट्रपति निर्वाचनको मतदान सकियो, अपराह्न ४ बजेदेखि मतगणना सुरु हुने

राप्रपा र नेमकिपाले मतदान गरेनन्

राष्ट्रपति निर्वाचनको मतदान सकियो, अपराह्न ४ बजेदेखि मतगणना सुरु हुने : Icon Khabar

काठमाडाैं, फागुन २५ । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै अहिले मतगणनाको तयारी भइरहेको छ । अपराह्न ४ बजेबाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कुनै मतपत्रमा स्वस्तिकको छाप नभएको र उम्मेदवारको नाम लेखिएको कोठामा भोट चिन्ह प्रयोग गरेको पाइएमा त्यस्तो मतपत्र बदर हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले आजको निर्वाचनमा मतदान गरेनन् ।

मतगणनामा राष्ट्रपतिका प्रत्येक उम्मेदवारको मतगणना प्रतिनिधि हुनेछ। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका तर्फबाट रमेश उख्तर र एमालेका सुवास नेम्वाङका तर्फबाट महेश बेर्तुलालाई प्रतिनिधित्व गर्ने निर्णय भएको छ ।

आठ दलीय गठबन्धनको तर्फबाट सभापतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिस्पर्धा छ ।

Published Date: 09 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय