राष्ट्रपति निर्वाचनको मतदान सकियो, अपराह्न ४ बजेदेखि मतगणना सुरु हुने

राप्रपा र नेमकिपाले मतदान गरेनन्

राष्ट्रपति निर्वाचनको मतदान सकियो, अपराह्न ४ बजेदेखि मतगणना सुरु हुने : Icon Khabar

काठमाडाैं, फागुन २५ । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै अहिले मतगणनाको तयारी भइरहेको छ । अपराह्न ४ बजेबाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कुनै मतपत्रमा स्वस्तिकको छाप नभएको र उम्मेदवारको नाम लेखिएको कोठामा भोट चिन्ह प्रयोग गरेको पाइएमा त्यस्तो मतपत्र बदर हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले आजको निर्वाचनमा मतदान गरेनन् ।

मतगणनामा राष्ट्रपतिका प्रत्येक उम्मेदवारको मतगणना प्रतिनिधि हुनेछ। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका तर्फबाट रमेश उख्तर र एमालेका सुवास नेम्वाङका तर्फबाट महेश बेर्तुलालाई प्रतिनिधित्व गर्ने निर्णय भएको छ ।

आठ दलीय गठबन्धनको तर्फबाट सभापतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिस्पर्धा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2023
Website | + posts




ताजा
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित