भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन : Icon Khabar

काठमाडौं, फागुन २५ । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय मिडियाका अनुसार अभिनेता अनुपम खेरले एक ट्वीट मार्फत आफ्नो साथीको मृत्युको पुष्टि गरेका छन् । खेरले ट्वीट गर्दै भने, ‘४५ वर्षको मित्रताको अचानक अन्त्य भयो । तिमी बिनाको जीवन उस्तै हुने छैन।”

पीटीआईको एक रिपोर्टका अनुसार, खेरले कौशिकलाई असहज महसुस गरेको र उनले चालकलाई अस्पताल लैजान भने र बाटोमा करिब १ बजे उनलाई हृदयघात भएको बताए।

कौशिक दिल्लीको गुरुग्राममा एक साथीको घरमा गएका थिए। उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो । उनको अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कौशिकले १९८० को दशकको सुरुमा फिल्म उद्योगमा प्रवेश गरेका थिए। उनका चर्चित फिल्म ‘मिस्टर इन्डिया’, ‘दीवाना मस्ताना’ हुन् । कौशिकले ‘हम आपके दिल मे रहेते हैं’, ‘तेरे नाम’ जस्ता चर्चित फिल्महरू निर्देशन गरेका थिए । कौशिकका श्रीमती र एक छोरी छन् ।

Published Date: 09 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय