भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन : Icon Khabar

काठमाडौं, फागुन २५ । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय मिडियाका अनुसार अभिनेता अनुपम खेरले एक ट्वीट मार्फत आफ्नो साथीको मृत्युको पुष्टि गरेका छन् । खेरले ट्वीट गर्दै भने, ‘४५ वर्षको मित्रताको अचानक अन्त्य भयो । तिमी बिनाको जीवन उस्तै हुने छैन।”

पीटीआईको एक रिपोर्टका अनुसार, खेरले कौशिकलाई असहज महसुस गरेको र उनले चालकलाई अस्पताल लैजान भने र बाटोमा करिब १ बजे उनलाई हृदयघात भएको बताए।

कौशिक दिल्लीको गुरुग्राममा एक साथीको घरमा गएका थिए। उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो । उनको अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कौशिकले १९८० को दशकको सुरुमा फिल्म उद्योगमा प्रवेश गरेका थिए। उनका चर्चित फिल्म ‘मिस्टर इन्डिया’, ‘दीवाना मस्ताना’ हुन् । कौशिकले ‘हम आपके दिल मे रहेते हैं’, ‘तेरे नाम’ जस्ता चर्चित फिल्महरू निर्देशन गरेका थिए । कौशिकका श्रीमती र एक छोरी छन् ।

Published Date: 09 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक