राष्ट्रपति निर्वाचन आज : बिहान १० बजेदेखि मतदान

राष्ट्रपति निर्वाचन आज : बिहान १० बजेदेखि मतदान : Icon Khabar

काठमाडौँ, फागुन २५ ।  आज (बिहीबार) हुन गइरेको राष्ट्रपति निर्वाचनबाट मुलुकले चौथो राष्ट्रपति पाउँदैछ। नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनबाट साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन्। त्यस्तै, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

प्रतिस्पर्धामा होमिएका दुवै नेता सभामुख भएर व्यवस्थापिकाको नेतृत्व गरिसकेका नेताहरु हुन्। पौडेल २०५१ को मध्यावधि निर्वाचनपछि गठित प्रतिनिधि सभाको सभामुख भएका थिए। नेम्वाङ २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभा, अन्तरिम व्यवस्थापिकाको सभामुख भएका थिए। त्यस्तै, उनी दुवै संविधान सभाका अध्यक्ष तथा सोही सभाले काम गर्ने व्यवस्थापिकाको सभामुख पनि भएका थिए।

संघीय संसद अर्न्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन्।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजेपछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन।’

Published Date: 09 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक