श्री एयरलाइन्सको विमानमा आगोको संकेत पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमानमा आगोको संकेत पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण : Icon Khabar

काठमाडौं, फागुन २५ । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको इन्जिनमा आगो लागेको देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को इन्जिनमा ‘आगोको चेतावनी’ देखिएपछि विमानलाई काठमाडौंतर्फ डाइभर्ट गरिएको उनले बताए । अहिले विमानस्थल सामान्य छ ।

काठमाडौंबाट उडान भरेपछि चालक दलका सदस्यले टावरमा इन्जिनमा आगो लागेको जानकारी दिएपछि विमानलाई धादिङको माथिको आकाशबाट डाइभर्ट गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

Published Date: 09 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास