पिएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा

पिएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौँ, फागुन २५ । एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई २–० ले नतिजा सुम्पिदा समग्रमा ३–० ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा घरेलु टोलीको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि पिएसजीले गोल खान पुगेको थियो । ६१औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले लियोन गोरेट्जकाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८९औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको २–० को जित पक्का गर्दै टोलीलाई क्वाटरफाइनलको यात्रा तय गराए । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।

च्याम्पियन्स लिग जित्ने महत्वकाङ्क्षी योजना अनुसार स्टार खेलाडीलाई भित्र्याएको पिएसजी पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2023
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन