पिएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा

पिएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौँ, फागुन २५ । एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई २–० ले नतिजा सुम्पिदा समग्रमा ३–० ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा घरेलु टोलीको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि पिएसजीले गोल खान पुगेको थियो । ६१औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले लियोन गोरेट्जकाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८९औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको २–० को जित पक्का गर्दै टोलीलाई क्वाटरफाइनलको यात्रा तय गराए । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।

च्याम्पियन्स लिग जित्ने महत्वकाङ्क्षी योजना अनुसार स्टार खेलाडीलाई भित्र्याएको पिएसजी पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

Published Date: 09 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास