अभि र रिकमलाई स्वर्ण

अभि र रिकमलाई स्वर्ण : Icon Khabar

काठमाडौँ, फागुन २४ । कीर्तिपुर नगरपालिकाका अभी डाँगी र तार्केश्वर नगरपालिकाकी रिकम भुषाल १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा बुधबार पहिलो भएका छन् । अभी छात्र तथा रिकम छात्रामा पहिलो भएका हुन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको ३ हजार मिटर दौडको छात्रमा चन्द्रागिरी नगरपालिकाका हस्त सुनार र छात्रा काठमाडौं महानगरपालिकाकी आयुष्मा आचार्य तथा ८ सय मिटर दौडको छात्रमा बूढानीलकण्ठ नगरपालिकाका पवनराज वाइबा र छात्रामा चन्द्रागिरीकी डोल्मा तामाङ पहिलो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको त्रिपलजम्पको छात्रमा कीर्तिपुरका अशोकबहादुर बुढा र छात्रामा बूढानलीकण्ठकी एन्जल गुप्ता तथा सटपुटको छात्रमा गोकर्णेश्वर नगरपालिकाका मनोज श्रेष्ठ र छात्रा तार्केश्वरकी रानी मेहराले स्वर्ण जिते ।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक