राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय : Icon Khabar

काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ।

बुधबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा बसेकोे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।उनले राष्ट्रपति भन्ने संस्थासँग नै फरक मत भएको भन्दै राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय भएको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिलाई सेरोमोनियल, निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ तर, विगतको अभ्यासले यो कुरा पुष्टि नगरेको बताए । आगामी दिनमा पनि यसले निरन्तरता पाउने विषयमा पनि बैठकमा छलफल भएको जानकारी गराए ।

राप्रपाले भोलि फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको सम्बन्धमा यस्तो निर्णय गरेको हो।

Published Date: 08 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय