राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय : Icon Khabar

काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ।

बुधबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा बसेकोे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।उनले राष्ट्रपति भन्ने संस्थासँग नै फरक मत भएको भन्दै राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय भएको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिलाई सेरोमोनियल, निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ तर, विगतको अभ्यासले यो कुरा पुष्टि नगरेको बताए । आगामी दिनमा पनि यसले निरन्तरता पाउने विषयमा पनि बैठकमा छलफल भएको जानकारी गराए ।

राप्रपाले भोलि फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको सम्बन्धमा यस्तो निर्णय गरेको हो।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक