सातदोबाटोको लगातार दोस्रो जित

सातदोबाटोको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौँ, फागुन २४ । सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ ।सातदोबाटो युथ क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको यो लगातार दोस्रो जित हो ।

च्यासल मैदानमा भएको बुधबार विभागीय टोली एपीएफ क्लबलाई हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोको जितमा खेलको दोस्रो हाफको ५५ औं मिनेटमा विलियम एसिडुले निर्णायक गोल गरेका थिए । मैदानको मध्यभागमा प्राप्त बलमा विलियमले सिधै विपक्षीको गोलपोष्टमा प्रहार गरेका थिए ।

यस जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास