सातदोबाटोको लगातार दोस्रो जित

सातदोबाटोको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौँ, फागुन २४ । सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ ।सातदोबाटो युथ क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको यो लगातार दोस्रो जित हो ।

च्यासल मैदानमा भएको बुधबार विभागीय टोली एपीएफ क्लबलाई हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोको जितमा खेलको दोस्रो हाफको ५५ औं मिनेटमा विलियम एसिडुले निर्णायक गोल गरेका थिए । मैदानको मध्यभागमा प्राप्त बलमा विलियमले सिधै विपक्षीको गोलपोष्टमा प्रहार गरेका थिए ।

यस जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू