सोभियत दिक्षित विज्ञहरुको संस्था मित्रकुञ्जबाट ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइयो

सोभियत दिक्षित विज्ञहरुको संस्था मित्रकुञ्जबाट ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइयो : Icon Khabar

काठमाडौँ, फागुन २४ । ०८ मार्च २०२३ को पूर्वसंन्ध्यामा पूर्व सोभियत संघ र त्यसको पूर्वगणराज्यका देशहरूवाट उच्च शिक्षा हासिल गरेका विज्ञहरूको संस्था मित्रकुञ्जले ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । रुसी भवन, कमलपोखरीको हलमा आयोजित उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि अधिवक्ता तथा महिला अधिकारकर्मी कल्याणी शाहले गरेकी थिइन्।

संस्थाका सचिव ई. रामविन्दु श्रेष्ठले अन्तराष्ट्रिय नारी दिवस मनाउने यो परम्परा अमेरिका र युरोपमा भएका महिला आन्दोलनहरु र विशेषतः १९१७ मा रूसमा महिलाहरूले मताधिकार प्राप्त गरेको अवसरमा ०८ मार्चमा राष्ट्रिय छुट्टी घोषणा भएपछि शुरु भएको र सोभियत संघमा यो दिवसलाई चाडपर्व जस्तै भव्यरुपमा मनाइने हुँदा त्यसको प्रभाव स्वरुप त्यहाँबाट अध्ययन गरी फर्केका अलमुनीहरुले निरन्तरता दिएको जानकारी दिए।

कार्यक्रममा आफ्नो प्रस्तुतिको क्रममा पोषण विज्ञ डा. अरुणा उप्रेतिले सोभियत संघमा अध्ययनरत रहदा त्यहाँको सामुदायिक स्वास्थ विषयबाट आफु निकै प्रभावित भएको र त्यहाँफर्के पछि देशको दुरदराज स्थानहरु देखि थुप्रै विदेशी मुलुकहरुका समुदाय माझ काम गरेको दृष्टान्त रोचकपूर्वक प्रस्तुत गरिन्।

सूचना प्रविधि विज्ञ ई. गुनकेशरी प्रधानले ‘लैंगिक समानताका लागि डिजिटल आविष्कार र प्रविधि” भन्ने सन् २०२३ को नारी दिवसको मूल नारामा आधारित रहेर आफ्नो प्रस्तुतिकरण सुनाईन।

सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सुषमा राजभण्डारीबाट धन्यवाद मन्तव्य, स्वागत मन्तव्य ई. सुषमा खत्री रञ्जितबाट र अन्त्य ई. महेश पाण्डेकोबाट भएको थियो ।

Published Date: 08 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय