बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग

बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग : Icon Khabar

काठमाडौं, फागुन २४ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

बैंकका कर्मचारीमाथि आक्रमण र लुटपाट जस्ता योजनाबद्ध घटनाले बैंकिङ क्षेत्रलाई स्तब्ध र अशान्तिमा पारेको सीबीएफआईएनले जनाएको छ । बैंकको कर्जा फिर्ता नगर्ने धम्की दिने, व्याज नतिर्ने, बैंकिङ सेवामा अव्यवस्थित, अव्यावहारिक र अराजक गतिविधि गर्नु निन्दनीय रहेको परिसंघले जनाएको छ ।

परिसंघले अतिविकसित मुलुकदेखि विकासोन्मुख मुलुकसम्मका अधिकांश मुलुकले तरलता, बढ्दो ब्याजदर र मुद्रास्फीति जस्ता चुनौती सामना गरिरहेको बताएको छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग र आपूर्ति जस्ता विषयलाई ध्यानमा राखेर ब्याजदर निर्धारण हुने परिसंघले स्पष्ट गरेको छ ।

बैंकका कर्मचारीमाथि हातपात गर्ने जस्ता निन्दनीय कार्य रोक्न कडा निर्देशन दिन परिसंघले अनुरोध गरेको छ । हालको जटिल अवस्थामा व्याजदरको विषयलाई बढाइचढाइ गरिएको भन्दै परिसंघले ब्याजदर वृद्धिका लागि बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । बैंकले अर्थतन्त्रको प्राणवाहक बैंकिङ सेवालाई भयरहित वातावरणमा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई अनुमति दिन माग गरेको छ ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास