बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग

बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग : Icon Khabar

काठमाडौं, फागुन २४ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

बैंकका कर्मचारीमाथि आक्रमण र लुटपाट जस्ता योजनाबद्ध घटनाले बैंकिङ क्षेत्रलाई स्तब्ध र अशान्तिमा पारेको सीबीएफआईएनले जनाएको छ । बैंकको कर्जा फिर्ता नगर्ने धम्की दिने, व्याज नतिर्ने, बैंकिङ सेवामा अव्यवस्थित, अव्यावहारिक र अराजक गतिविधि गर्नु निन्दनीय रहेको परिसंघले जनाएको छ ।

परिसंघले अतिविकसित मुलुकदेखि विकासोन्मुख मुलुकसम्मका अधिकांश मुलुकले तरलता, बढ्दो ब्याजदर र मुद्रास्फीति जस्ता चुनौती सामना गरिरहेको बताएको छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग र आपूर्ति जस्ता विषयलाई ध्यानमा राखेर ब्याजदर निर्धारण हुने परिसंघले स्पष्ट गरेको छ ।

बैंकका कर्मचारीमाथि हातपात गर्ने जस्ता निन्दनीय कार्य रोक्न कडा निर्देशन दिन परिसंघले अनुरोध गरेको छ । हालको जटिल अवस्थामा व्याजदरको विषयलाई बढाइचढाइ गरिएको भन्दै परिसंघले ब्याजदर वृद्धिका लागि बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । बैंकले अर्थतन्त्रको प्राणवाहक बैंकिङ सेवालाई भयरहित वातावरणमा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई अनुमति दिन माग गरेको छ ।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक