काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह भक्तपुरमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह भक्तपुरमा : Icon Khabar

काठमाडौं, फागुन २४ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतबच भेट वार्ता भएको छ । नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्।

आफ्नो सचिवालयका केही सदस्यसहित गुण्डु पुगेका शाह र बस्नेतबीच विगतका असमझदारी टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ।

बालेन्द्र बस्नेतको घरमै पुगेपछि त्यस क्षेत्रमा भएको विकासका कामको समेत अवलोकन गरेका थिए। भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा संगै खाना खाएर छुटेको नेता बस्नेतले बताए ।

बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए। त्यसो त यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएको थिए ।

Published Date: 08 March 2023