काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह भक्तपुरमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह भक्तपुरमा : Icon Khabar

काठमाडौं, फागुन २४ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतबच भेट वार्ता भएको छ । नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्।

आफ्नो सचिवालयका केही सदस्यसहित गुण्डु पुगेका शाह र बस्नेतबीच विगतका असमझदारी टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ।

बालेन्द्र बस्नेतको घरमै पुगेपछि त्यस क्षेत्रमा भएको विकासका कामको समेत अवलोकन गरेका थिए। भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा संगै खाना खाएर छुटेको नेता बस्नेतले बताए ।

बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए। त्यसो त यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएको थिए ।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक