भोलि हुने राष्ट्रपति निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भयो: निर्वाचन आयोग

भोलि हुने राष्ट्रपति निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भयो: निर्वाचन आयोग : Icon Khabar

काठमाडौं, फागुन २४ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा दुईवटा मतदान केन्द्र बनाइएको छ । एउटा मतदान केन्द्र संघीय संसद् र अर्को प्रदेशसभा सदस्यका लागि बनाइएको छ ।

मतदान केन्द्र भित्र मोबाइल फोन निषेध गरिएको छ। यदि कसैले मोबाइल फोन लिएको छ भने त्यो चुनावी अपराध हुनेछ। अपराह्न ४ बजेबाट मतगणना सुरु हुने र साँझ ७ बजे नतिजा सार्वजनिक गरिने निर्वाचन अधिकृत महेश शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू