भोलि हुने राष्ट्रपति निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भयो: निर्वाचन आयोग

भोलि हुने राष्ट्रपति निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भयो: निर्वाचन आयोग : Icon Khabar

काठमाडौं, फागुन २४ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा दुईवटा मतदान केन्द्र बनाइएको छ । एउटा मतदान केन्द्र संघीय संसद् र अर्को प्रदेशसभा सदस्यका लागि बनाइएको छ ।

मतदान केन्द्र भित्र मोबाइल फोन निषेध गरिएको छ। यदि कसैले मोबाइल फोन लिएको छ भने त्यो चुनावी अपराध हुनेछ। अपराह्न ४ बजेबाट मतगणना सुरु हुने र साँझ ७ बजे नतिजा सार्वजनिक गरिने निर्वाचन अधिकृत महेश शर्माले बताए ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास