रवि लामिछानेको राहदानी विवादमा अनुसन्धान भइरहेकोले थप विवरण दिन आवश्यक छैन: सर्वोच्च अदालत

रवि लामिछानेको राहदानी विवादमा अनुसन्धान भइरहेकोले थप विवरण दिन आवश्यक छैन: सर्वोच्च अदालत : Icon Khabar

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक गर्दै उनको राहदानी अनुसन्धानकै क्रममा रहेकाले थप भन्न आवश्यक नरहेको बताएको छ ।

रवि लामिछानेको नागरिकता विवादसँगै राहदानीको मुद्दा पनि चर्चामा आएको छ । नागरिकता मुद्दामा सर्वोच्चमा बहसको क्रममा राहदानीको मुद्दा पनि व्यापक रूपमा उठेको थियो।

लामिछानेले अमेरिकी राहदानी बोकेर पनि पुरानो नेपाली नागरिकताका आधारमा नेपाली राहदानी लिएको मुद्दा उठेको थियो । सर्वोच्च अदालतले राहदानीका विषयमा थप भन्न आवश्यक नरहेको उल्लेख गरेको छ । ‘झूटो सूचना दिएर राहदानी वा ट्राभल परमिट लिने व्यवस्थाका सम्बन्धमा प्रचलित कानुनबमोजिम रिपोर्ट गर्नुपर्ने विषय रहेको पाइएको छ र राहदानीको विषयमा पनि जवाफबाट अनुसन्धान भइरहेको छ ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास