काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा

काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा : Icon Khabar

काठमाडौं, फागुन २४ । काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर बदली रहे पनि केही स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, वाग्मती प्रदेश लगायत पश्चिमका पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास