काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा

काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा : Icon Khabar

काठमाडौं, फागुन २४ । काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर बदली रहे पनि केही स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, वाग्मती प्रदेश लगायत पश्चिमका पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक