पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, असोज २३ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशका अधिकांश पहाडी तथा हिमाली भूभागका साथै मधेश, कोशी र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेश, कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति पनि देशका हिमाली र पहाडी भूभाग तथा कोशी र मधेश प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली नै रहनेछ। रातिको समयमा कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी प्रदेशको तराईका केही स्थान, मधेश प्रदेशका थोरै स्थान र बागमती तथा गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान छ।

Published Date: 09 October 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर