देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना

देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, असोज १८ । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसैगरी कोशी, मधेश र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव कायमै छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले गण्डकी प्रदेशका थोरै स्थान र कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका साथै तराईका क्षेत्रमा भने आंशिक बदली रहनेछ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिमका हिमाली-पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ।

आज राति देशका पहाडी तथा तराई भूभाग र कोशी एवं बागमती प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका क्षेत्रमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।

रातिको समयमा मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुनुका साथै सुदूरपश्चिम र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Published Date: 04 October 2026
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ