न्यूजिल्याण्ड अध्ययनको तयारीमा हुनुहुन्छ? विद्यार्थी र अभिभावकका लागि आर्गस एजुकेशनको विशेष कार्यक्रम

न्यूजिल्याण्ड अध्ययनको तयारीमा हुनुहुन्छ? विद्यार्थी र अभिभावकका लागि आर्गस एजुकेशनको विशेष कार्यक्रम : Icon Khabar

भक्तपुर, असोज १६ । न्यूजिल्याण्डमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै भक्तपुर सूर्यविनायकस्थित आर्गस एजुकेशनले विशेष शैक्षिक परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ।

यहि असोज १८ गते आइतबार दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म भक्तपुर कार्यालय सूर्यविनायकमा न्यूजिल्याण्डमा अध्ययनका अवसर, विश्वविद्यालय तथा कलेज छनोट, छात्रवृत्ति, आवेदन प्रक्रिया र विद्यार्थी भिसासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकले न्यूजिल्याण्डको शैक्षिक प्रणाली, उपलब्ध शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया तथा विदेश अध्ययनको तयारीसम्बन्धी विषयमा प्रत्यक्ष परामर्श लिन सक्नेछन्।

आर्गसले विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई सही सूचना, आवश्यक मार्गदर्शन तथा आवेदन प्रक्रियामा सहजीकरण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अभिभावकलाई अग्रिम दर्ता गर्नसमेत आग्रह गरिएको छ।

भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय वाणिज्य बैंकको अगाडि रहेको Argus Education Hub मा कार्यक्रम आयोजना हुनेछ। थप जानकारीका लागि ०१-५९२४०१४ मा सम्पर्क गर्न सकिनेछ।

न्यूजिल्याण्डमा अध्ययनको योजना बनाइरहेका विद्यार्थीका लागि आवश्यक जानकारी र परामर्श एउटै स्थानबाट प्राप्त गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिइएको छ।

Published Date: 02 October 2026