विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु

विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु : Icon Khabar

काठमाडौं, भदौ १० । नेपाली कांग्रेससहितका दलले बागमती प्रदेशसभाको बैठक बहिष्कार गरेका छन्। केहीबेर अघि शुरु भएको प्रदेश सभा बैठक नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसदहरूले बहिष्कार गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने कार्यसूची अनुसार शुरु भएको बैठक विपक्षी दल बिना नै सुरु भएको छ।

एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ। काँग्रेससहितका दलहरुले मुख्यमन्त्री नियुक्तिको विषय अदालतमा पुगेकाले अदालतबाट विवाद टुंगो नलागेसम्म प्रदेश सभा स्थगित गर्नुपर्ने माग राखेका थिए। तर सत्तापक्षले विपक्षी दल बिना नै प्रदेश सभा संचालन गरेका छन्।

Published Date: 26 August 2026










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड