आइतबार पनि सुनको मूल्य बढ्यो

आइतबार पनि सुनको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ ७ । स्थानीय बजारमा सुनको मूल्य आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो। यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार भने सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ७३ हजार ९ सय २० रुपैयाँ पुगेको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ५ सय २० रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९ सय ७५ रुपैयाँमा झरेको छ।

Published Date: 23 August 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर