सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर

सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर : Icon Khabar

काठमाडौं, भदौ ५ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति कानुनविपरीत ठहर गर्दै बदर गरिदिएको छ। न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै सरकारको उक्त निर्णय बदर गर्ने फैसला सुनाएको हो।

नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त फैसला गरेको हो।

छनोट प्रक्रियामा ‘मेरिट बेसिस’ (योग्यताक्रम) को पहिलो नम्बरमा उपेन्द्रबहादुर कार्की रहे पनि सरकारले पहिलो नम्बरका व्यक्तिलाई पन्छाएर पछाडि परेका श्रेष्ठलाई नियुक्त गरेको अदालतले औँल्याएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बद्ध मापदण्ड अनुसार कार्यकारी प्रमुखका लागि ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान रहे पनि श्रेष्ठ ६५ वर्ष नाघिसकेकाले उक्त नियुक्ति कानुनविपरीत रहेको ठहर गरिएको छ।

फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्षको जिम्मेवारीबाट मुक्त भएका छन्। अब सरकारले कानुन र तोकिएको प्रक्रिया पूरा गरी नयाँ कार्यकारी प्रमुख नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्नेछ।

सञ्चालक समिति सदस्य भने कायमै: अदालतले श्रेष्ठको कार्यकारी अध्यक्ष पद खारेज गरे पनि निगमको सञ्चालक समिति सदस्यका रूपमा भने उनको हैसियत कायमै रहने स्पष्ट पारेको छ।

Published Date: 21 August 2026


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर