आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन २० । आज २०८३ साउन २७ गते बुधबार, तद्अनुसार १२ अगष्ट २०२६ । आज साउन कृष्ण औँशी, व्यतिपात चतुष्पद पुष्य, अन्तर्राष्ट्रिय युवा दिवस, सूर्योदय बिहानः ०५ः३२ बजे, सूर्यास्त साँझः १८ः४५ बजे ।

आजको राशिफल

मेष राशि

आम्दानीमा स्थिरता रहने छ । जागिरमा कामको बोझ बढ्ने छ । सहकर्मीबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ । चिन्ता र तनाव कायम रहन सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ, त्यसैले विशेष ध्यान दिनुहोला । विवादमा नपर्नु होला । अनावश्यक खर्च बढ्न सक्छ । कसैको व्यवहारले मन दुख्न सक्छ । हतारमा कुनै निर्णय नगर्नु होला । व्यापार तथा व्यवसाय लाभदायक रहने छ ।

वृष राशि

जागिरमा मातहत कर्मचारीहरूको सहयोग प्राप्त हुनेछ । सेयर बजारमा हतार गरेर निर्णय नगर्नु होला । व्यापार लाभदायक रहने छ । परिवारको साथ र सहयोग मिल्ने छ । घर तथा बाहिर खुशीको वातावरण रहने छ । आर्थिक कारोबारमा सावधानी अपनाउनु होला । चोटपटक वा रोगको सम्भावना भएकाले सचेत रहनु होला । लापरवाही नगर्नु होला । लामो समयदेखि अड्किएको रकम फिर्ता प्राप्त हुन सक्छ । यात्रा रमाइलो रहने छ ।

मिथुन राशि

व्यापार तथा व्यवसायबाट अपेक्षाअनुसार लाभ हुनेछ । जागिरमा सहकर्मीहरूको राम्रो साथ मिल्ने छ । सुविधा र विलासिताका सामग्रीमा खर्च बढ्न सक्छ । जोखिमपूर्ण काम वा कसैको जमानत बस्ने काम नगर्नु होला । हतारबाट बच्नु होला । घर र बाहिर दुवैतर्फ खुसीको वातावरण रहने छ । कार्यस्थल परिवर्तनको योजना बन्न सक्छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

कर्कट राशि

मनमा शान्ति रहने छ । यात्राको सम्भावना छ । व्यापार सामान्य रूपमा चल्ने छ । जागिरमा सन्तोष मिल्ने छ । अरूको जिम्मेवारी आफूमाथि नलिनु होला । थकान महसुस हुन सक्छ । तीर्थयात्राको योजना सफल हुन सक्छ । सत्संगबाट लाभ मिल्ने छ । कुनै ठूलो समस्याबाट मुक्ति मिल्न सक्छ । कानुनी विषयमा केही कठिनाइ आउन सक्छ ।

सिंह राशि

व्यापार सामान्य रूपमा चल्ने छ । आम्दानी स्थिर रहने छ । साथीहरूसँग रमाइलो समय बित्ने छ । चोटपटक वा दुर्घटनाबाट ठूलो क्षति हुन सक्ने भएकाले सावधान रहनु होला । दुष्ट स्वभावका व्यक्तिहरूबाट हानि हुन सक्छ । अपरिचित व्यक्तिमाथि अत्यधिक विश्वास नगर्नु होला । कुनै पनि विवादमा नपर्नु होला । जोखिमपूर्ण काम वा जमानत बस्ने काम नगर्नु होला ।

कन्या राशि

परिवारका सदस्यहरूको सहयोग प्राप्त हुनेछ । खुसी बढ्ने छ । जागिरमा मातहत कर्मचारीसँग मनमुटाव हुन सक्छ । कुनै विशेष व्यक्तिबाट सहयोग मिल्ने छ । व्यापार लाभदायक रहने छ । स्वास्थ्यमा केही समस्या आउन सक्छ । हतारले नोक्सानी हुन सक्छ । जोखिमपूर्ण काम वा जमानत बस्ने काम नगर्नु होला । धन प्राप्ति सहज हुनेछ ।

तुला राशि

वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ । भाग्य अनुकूल रहने छ । व्यापार तथा व्यवसायमा वृद्धि हुनेछ । धन प्राप्ति सहज हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कसैको बहकाउमा नलाग्नु होला । मन प्रसन्न रहने छ । स्थायी सम्पत्तिसम्बन्धी कामबाट राम्रो लाभ हुनेछ । ठूलो समस्याको समाधान सहजै प्राप्त हुनेछ ।

वृश्चिक राशि

मनपर्ने भोजनको स्वाद लिन पाइने छ । पार्टी वा पिकनिकको आयोजना हुन सक्छ । जागिरमा तपाईंको कामको प्रशंसा हुनेछ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । घर र बाहिर दुवैतर्फ खुशीको वातावरण रहने छ । हतार नगर्नु होला । सिर्जनात्मक कार्य सफल हुनेछन् । कुनै रमाइलो समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

धनु राशि

आर्थिक कारोबारमा हतार नगर्नु होला । सावधानी अपनाउनु होला । धेरै दौडधुपका कारण स्वास्थ्यमा असर पर्न सक्छ । आम्दानी कायम रहने छ । व्यापार तथा व्यवसाय लाभदायक रहने छ । जागिरमा कामको चाप रहने छ । जोखिमपूर्ण काम नगर्नु होला । विवाद बढ्न नदिनु होला । स्वास्थ्यप्रति विशेष ध्यान दिनु होला । अप्रिय समाचार सुन्नु पर्ने सम्भावना भएकाले धैर्य कायम राख्नु होला ।

मकर राशि

सामाजिक प्रतिष्ठा बढ्ने छ । घर तथा समाजमा सम्मान र महत्व बढ्ने छ । आर्थिक कारोबारमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । व्यवसाय सामान्य रूपमा चल्ने छ । लाभका अवसर प्राप्त हुनेछन्। भाग्य साथ दिनेछ । समयको सही सदुपयोग गर्नु होला । साथीहरूको सहयोग गर्ने अवसर प्राप्त हुनेछ । मेहनतको उचित फल मिल्ने छ ।

कुम्भ राशि

कुनै ठूलो काम गर्ने योजना बन्न सक्छ । आत्मसम्मान कायम रहने छ । व्यापार लाभदायक हुनेछ । घर-परिवारमा कुनै शुभ वा मांगलिक कार्यको आयोजना हुन सक्छ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । उत्साह बढाउने समाचार प्राप्त हुनेछ । घर र बाहिर खुसीको वातावरण रहने छ । साथीहरूसँग रमाइलो समय बित्ने छ ।

मीन राशि

व्यापार तथा व्यवसायमा वृद्धि हुनेछ । विरोधीहरू सक्रिय रहन सक्छन् । धन प्राप्ति सहज हुनेछ । समय अनुकूल रहने छ । जोखिमपूर्ण काम वा जमानत बस्ने काम नगर्नु होला । परिवारसँग खुसीपूर्वक समय बित्ने छ । आवश्यक जोखिम उठाउने साहस प्राप्त हुनेछ । हतार नगर्नु होला । यात्रा रमाइलो रहने छ । कुनै ठूलो काम सम्पन्न हुँदा मन प्रसन्न हुनेछ ।

Published Date: 12 August 2026


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु