सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो : Icon Khabar

काठमाडौं, साउन २६  । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। महासङ्घका अनुसार सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।

यससँगै मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको महासङ्घले जनाएको छ।

Published Date: 11 August 2026


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग