देशभर मनसुनी वायुको प्रभाव: उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

देशभर मनसुनी वायुको प्रभाव: उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह : Icon Khabar

काठमाडौं, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बदली रहेको छ।

मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। पहाडी क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भागका साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Published Date: 11 August 2026


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग