७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ

७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ : Icon Khabar

भक्तपुर, साउन २३ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा खाना पकाउने एलपी ग्यास तोकिएको मूल्यभन्दा अत्यधिक महँगोमा बिक्री गरेको आरोपमा एक किराना पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार स्थानीय ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गर्दै आएको त्वयना किराना पसलबाट उपभोक्तालाई एउटा एलपी ग्यास सिलिण्डरको ७ हजार रुपैयाँका दरले बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोलीले पसलमा चेकजाँच तथा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रहरीले बिक्रीका लागि राखिएका ३ थान एलपी ग्यास सिलिण्डर नियन्त्रणमा लिएको छ। साथै, पसल सञ्चालक तुलसीराम त्वयनालाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

एलपी ग्यासको मूल्य तथा बिक्री वितरणसम्बन्धी विषयमा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Published Date: 08 August 2026


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु