एमबीएसको प्रश्नपत्र व्हाट्सएपमा चुहाउने गिरोहमाथि प्रहरीको कडा प्रहार, थप दुई जना पक्राउ

एमबीएसको प्रश्नपत्र व्हाट्सएपमा चुहाउने गिरोहमाथि प्रहरीको कडा प्रहार, थप दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन १२ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको ‘संगठनात्मक व्यवहार’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै विभिन्न व्हाट्सएप समूह मार्फत चुहाएर परीक्षा प्रणालीको गोपनीयता भंग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।

सीआईबीले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साका ३१ वर्षीय अब्दुल सानी हाकिम पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूलाई सम्बन्धित स्थानबाट पक्राउ गरी सम्मानित अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि सोही घटनामा संलग्न अन्य व्यक्तिहरू पक्राउ परिसकेका थिए।

प्रहरीले परीक्षा प्रणालीको विश्वसनीयता र गोपनीयतामाथि आघात पुर्‍याउने कुनै पनि गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै यस घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ।

Published Date: 28 July 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक