जापान ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

जापान ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी : Icon Khabar

टोकियो, साउन १२ । जापानको दक्षिणी भागमा मंगलबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्पपछि सम्बन्धित निकायले समुद्री तट आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापान मौसम विज्ञान एजेन्सीले क्युसु क्षेत्रको कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पका धक्का दक्षिणी जापानका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ ।

जेएमएका अनुसार भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्म अग्ला छाल उठ्न सक्ने अनुमान गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सरकारी निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।

भूकम्पसँगै जापानी सरकारले कुमामोटो, नागासाकी, कागोसिमा, फुकुओका, सागा, ओइटा र मियाजाकीलगायत दक्षिणी क्युसु क्षेत्रका विभिन्न प्रान्तमा आपतकालीन चेतावनी जारी गरेको छ ।

अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रको अवस्थामाथि निरन्तर निगरानी भइरहेको छ । हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

Published Date: 28 July 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक