जापान ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

जापान ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी : Icon Khabar

टोकियो, साउन १२ । जापानको दक्षिणी भागमा मंगलबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्पपछि सम्बन्धित निकायले समुद्री तट आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापान मौसम विज्ञान एजेन्सीले क्युसु क्षेत्रको कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पका धक्का दक्षिणी जापानका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ ।

जेएमएका अनुसार भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्म अग्ला छाल उठ्न सक्ने अनुमान गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सरकारी निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।

भूकम्पसँगै जापानी सरकारले कुमामोटो, नागासाकी, कागोसिमा, फुकुओका, सागा, ओइटा र मियाजाकीलगायत दक्षिणी क्युसु क्षेत्रका विभिन्न प्रान्तमा आपतकालीन चेतावनी जारी गरेको छ ।

अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रको अवस्थामाथि निरन्तर निगरानी भइरहेको छ । हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

Published Date: 28 July 2026


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास