जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ : Icon Khabar

काठमाडौँ, साउन १२ । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर बस्ने ५३ वर्षीय बिष्णु राईले आफ्नै घरमा संचालन गरेको खोटाङ गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ८ सय २० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउदको घरमा जुवातास खेलिरहेको अवस्थामा टेक बहादुर समेत १६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले नगद २७ हजार ५ सय भारतीय रूपैयाँ र ३२ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१० स्याउली बजार बस्ने ५८ वर्षीय राकेश श्रेष्ठको घर पछाडी जुवातास खेलिरहेको अवस्थामा राकेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 28 July 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक