जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ : Icon Khabar

काठमाडौँ, साउन १२ । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर बस्ने ५३ वर्षीय बिष्णु राईले आफ्नै घरमा संचालन गरेको खोटाङ गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ८ सय २० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउदको घरमा जुवातास खेलिरहेको अवस्थामा टेक बहादुर समेत १६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले नगद २७ हजार ५ सय भारतीय रूपैयाँ र ३२ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१० स्याउली बजार बस्ने ५८ वर्षीय राकेश श्रेष्ठको घर पछाडी जुवातास खेलिरहेको अवस्थामा राकेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 28 July 2026


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास