नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौं, साउन १२ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाली सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। सोमवार यही सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ मा झरेको महासंघले जनाएको छ । यसअनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँ ले घटेको हो ।

Published Date: 28 July 2026


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास