नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौं, साउन १२ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाली सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। सोमवार यही सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ मा झरेको महासंघले जनाएको छ । यसअनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँ ले घटेको हो ।

Published Date: 28 July 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक