नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो

नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो : Icon Khabar

काठमाडौं, साउन १२ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)का लागि आवेदन खुलेको छ ।

छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो । इच्छुक आवेदकलाई साउन २६ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएकोछ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको, पूँजी बजार, वित्तीय क्षेत्र व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्षको काम गरेको, १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

नेप्सेको व्यवसायिक कार्यायोजनासहित ५ हजार शुल्क बुझाइ दरखास्त आवेदन दिन सक्नेछन् । नेप्सेको सीईओ पदबाट यसअघि चुडामणि चापागाईंले असार २२ गते राजीनामा दिएका थिए । सीईओको ४ वर्षे कार्यकाल रहने गरे पनि नियुक्तिको १५ महिनामै चापागाईंले राजीनामा दिएका थिए ।

Published Date: 28 July 2026


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास