नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो

नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो : Icon Khabar

काठमाडौं, साउन १२ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)का लागि आवेदन खुलेको छ ।

छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो । इच्छुक आवेदकलाई साउन २६ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएकोछ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको, पूँजी बजार, वित्तीय क्षेत्र व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्षको काम गरेको, १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

नेप्सेको व्यवसायिक कार्यायोजनासहित ५ हजार शुल्क बुझाइ दरखास्त आवेदन दिन सक्नेछन् । नेप्सेको सीईओ पदबाट यसअघि चुडामणि चापागाईंले असार २२ गते राजीनामा दिएका थिए । सीईओको ४ वर्षे कार्यकाल रहने गरे पनि नियुक्तिको १५ महिनामै चापागाईंले राजीनामा दिएका थिए ।

Published Date: 28 July 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक