डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प

डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प : Icon Khabar

काठमाडौं, साउन १२ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको छ। संघको यस निर्णयसँगै आज देशैभरका अस्पतालहरूमा बहिरङ्ग (ओपिडी) लगायतका गैर-आकस्मिक सेवाहरू पूर्ण रूपमा प्रभावित हुने भएका छन्।

गत साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लाग्ने गरी भएको सांघातिक आक्रमण र अस्पताल तोडफोडको घटनापछि संघले दोषीहरूलाई कडा कारबाहीको माग गर्दै आएको थियो। संघले उक्त आक्रमणमा संलग्न व्यक्तिहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) बमोजिम कडा कारबाही गर्न माग गरेको छ।

आफ्ना मागहरूबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा पर्साका प्रहरी प्रमुख तथा एसपी सुदीपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्षसहितका चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ। संघले वार्ता स्थलभित्रै राज्य संयन्त्रबाट चिकित्सकहरूको मानमर्दन र दमन गरिएको भन्दै उक्त घटनाको तीव्र भत्सर्ना गरेको छ।

घटनाका दोषीहरूलाई कारबाही गर्नुका साथै चिकित्सकहरूमाथि दुर्व्यवहार गर्ने पर्साका सिडिओ र एसपीलाई समेत कारबाही हुनुपर्ने माग संघले अघि सारेको छ। सर्वपक्षीय भेलापछि आन्दोलनका थप सशक्त कार्यक्रमहरू तय गरिने जनाएको संघले सेवा ठप्प पार्दा बिरामीहरूमा पर्न जाने असुविधाप्रति भने क्षमा मागेको छ।

Published Date: 28 July 2026
ताजा
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?
मनसुनी वायुको प्रभाव कायमै: आज धेरैजसो भूभागमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न