देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह

देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौँ, साउन १० । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

अहिले कोशी प्रदेशको तराई भागमा मौसम मुख्यतया सफा रहे पनि बाँकी भेगमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कोशी, बागमती र कर्णालीका केही स्थानहरू तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई भागमा आंशिक बदली हुनेछ। हिमाली तथा पहाडी भेगका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यसैगरी बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानका साथै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णालीका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली नै रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

तराईका पनि केही स्थानमा मध्यम वर्षा हुनेछ भने रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई ठाउँमा भारी वर्षा हुन सक्नेछ।

भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव, बाढी तथा भूक्षयको जोखिम उच्च रहने भएकाले महाशाखाले विशेष सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला अद्यावधिक सूचनामा ध्यान दिन विभागले अनुरोध गरेको छ।

Published Date: 26 July 2026


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास