आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, साउन १० । आज २०८३ साउन १० गते आइतवार, तद्अनुसार २६ जुलाई २०२६ । आज असार शुक्ल द्वादशी, एन्द्र बालव ज्येष्ठा, प्रदोष व्रत, सूर्योदय बिहानः ०५ः२३ बजे, सूर्यास्त साँझः १८ः५७ बजे ।

आजको राशिफल

मेष राशि: आज वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ । भाग्यले साथ दिने भएकाले व्यापार–व्यवसायमा वृद्धि हुने संकेत छ । आर्थिक लाभ सहज रूपमा प्राप्त हुन सक्छ । अरूको बहकाउमा नलाग्नु होला । स्थायी सम्पत्तिसम्बन्धी कार्यबाट अपेक्षित लाभ मिल्ने छ । लामो समयदेखि रहेको कुनै ठूलो समस्याको समाधान सहज रूपमा भेटिन सक्छ ।

वृष राशि: वृष राशि भएकाहरुलाई पारिवारिक सहयोग प्राप्त हुनेछ । घर–परिवारमा खुशीको वातावरण रहने छ । लेनदेनमा विशेष सावधानी अपनाउनु होला । चोटपटक वा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ । अड्किएको रकम फिर्ता प्राप्त हुने सम्भावना छ । रमाइलो यात्राको योग रहेको छ । जागिरमा सहकर्मी तथा मातहत कर्मचारीको सहयोग मिल्ने छ । शेयर बजारमा हतारमा निर्णय नगर्नु राम्रो हुनेछ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुको सामाजिक प्रतिष्ठा बढ्ने दिन छ । जागिरमा सहकर्मीहरूको साथ र सहयोग प्राप्त हुनेछ । विलासिता तथा आरामदायी सामग्रीमा खर्च बढ्न सक्छ । जोखिमपूर्ण काम र जमानत बस्ने कार्यबाट टाढा रहनुहोला । व्यापार–व्यवसायबाट सन्तोषजनक लाभ मिल्ने छ । कार्यस्थलमा परिवर्तनसम्बन्धी योजना बन्न सक्छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरूको‌ धार्मिक यात्रा अथवा तीर्थदर्शनको योजना सफल हुन सक्छ । सत्संग तथा आध्यात्मिक गतिविधिबाट लाभ प्राप्त हुनेछ । जागिरमा मानसिक शान्ति रहने छ । अरूको जिम्मेवारी आफ्नो काँधमा नलिनुहोला । यात्रा सम्भव छ । व्यापार सामान्य रूपमा अघि बढ्ने छ । थकानको अनुभव हुन सक्छ ।

सिंह राशि: सिंह राशि भएकाहरूको‌ व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ । आम्दानी स्थिर रहने छ । साथीभाइसँग रमाइलो समय बित्ने छ । चोटपटक वा दुर्घटनाबाट हानि हुन सक्ने भएकाले सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अत्यधिक विश्वास नगर्नु होला । विवादमा नपर्नु नै राम्रो हुनेछ । जोखिमपूर्ण काम तथा जमानतसम्बन्धी कार्य टार्नु उचित हुनेछ ।

कन्या राशि: कन्या राशि भएकाहरुलाई पारिवारिक सदस्यहरूको सहयोग प्राप्त हुनेछ । खुशी र उत्साह बढ्ने छ । कुनै विशेष व्यक्तिको साथले काममा सफलता मिल्ने संकेत छ । व्यापार लाभदायक रहने छ । जागिरमा मातहत कर्मचारीसँग मतभेद हुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । हतारमा निर्णय गर्दा नोक्सानी हुन सक्छ । आर्थिक लाभको अवसर प्राप्त हुनेछ ।

तुला राशि: तुला राशि भएकाहरूको‌ व्यापार–व्यवसाय लाभदायक रहने छ । आम्दानी स्थिर रहने छ । जागिरमा कार्यभार बढ्न सक्छ । सहकर्मीबाट अपेक्षित सहयोग नपाउँदा तनाव बढ्न सक्छ । स्वास्थ्य कमजोर रहन सक्ने भएकाले विशेष ध्यान दिनुहोस् । अनावश्यक विवादबाट टाढा रहनु होला । खर्च बढ्न सक्छ । हतारमा कुनै महत्वपूर्ण निर्णय नगर्नु राम्रो हुनेछ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरूको‌ घर तथा बाहिर दुवैतर्फ खुशीको वातावरण रहने छ । सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । जागिरमा तपाईंको कामको प्रशंसा हुन सक्छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । कुनै उत्सव वा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । मनपर्ने भोजन तथा रमाइलो भेटघाटको सम्भावना छ ।

धनु राशि: धनु राशि भएकाहरुलाई जागिरमा कार्यभार बढ्न सक्छ । जोखिमपूर्ण कामबाट टाढा रहनुहोला । आर्थिक लाभ प्राप्त हुने सम्भावना छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । कानुनी झन्झट वा प्रशासनिक समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । अप्रिय समाचार प्राप्त हुन सक्ने भएकाले धैर्य कायम राख्नु होला ।

मकर राशि: मकर राशि भएकाहरुलाई भाग्यले साथ दिने दिन भएकाले अवसरको सही उपयोग गर्नु होला । सामाजिक प्रतिष्ठा बढ्ने छ । घर–परिवार तथा समाजमा सम्मान प्राप्त हुनेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । व्यापार सामान्य रूपमा अघि बढ्ने छ । मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरूको‌ व्यापार–व्यवसाय लाभदायक रहने छ । घरमा शुभ अथवा मांगलिक कार्यक्रमको आयोजना हुन सक्छ । पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ । उत्साह बढाउने समाचार प्राप्त हुनेछ । ठूलो योजना बनाउन वा नयाँ काम प्रारम्भ गर्न प्रेरणा मिल्नेछ । आत्मसम्मान बढ्नेछ । दिनभर सकारात्मक वातावरण रहनेछ ।

मीन राशि: मीन राशि भएकाहरूको‌ समय अनुकूल रहेको छ । रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । विरोधी पक्ष सक्रिय भए पनि तपाईं आफ्नो लक्ष्यतर्फ अघि बढ्न सफल हुनु हुनेछ । आर्थिक लाभ सहज रूपमा प्राप्त हुनेछ । कुनै महत्वपूर्ण काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । जोखिमपूर्ण काममा सावधानी अपनाउनु होला । परिवारसँग सुखद समय बित्नेछ ।

Published Date: 26 July 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा